Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ललितपुरको बुलुमा ‘धाः बाजा’ प्रशिक्षण सम्पन्न

ललितपुरको बुलुमा ‘धाः बाजा’ प्रशिक्षण सम्पन्न

  • ललितपुर । गोदावरी नगरपालिका चापागाउँ ११ बुलुमा सञ्चालन भएको ‘धाः बाजा’ प्रशिक्षण सम्पन्न भएको छ । श्री नित्यनाथ शिवपुर बाजं खलः को आयोजनमा सञ्चालन भएको धाः बाजा प्रशिक्षण शनिबार सम्पन्न भएको हो ।
     
    उक्त कार्यक्रम गोदावरी नगरपालिकाको सहयोगमा ७ महिनादेखि सञ्चालन भएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, विशेष अतिथि उपमेयर मुना अधिकारी वडा अध्यक्ष निलबहादुर देशार उपस्थित भएका छन् ।
     
    नित्यनाथ शिवपुर बाजं खलः का सभापति सूर्य बहादुर महर्जनले कार्यक्रमको सभापतित्व गरेको थिए। ‘नागरिक सम्मुनति, नयाँ सोच र सँस्कृतिमा हाम्रो प्रयास’ नारामा सुरु भएको बाजा प्रशिक्षणमा २२ जना सहभागी भएका थिए ।
     
    नेवारी परम्पराको पहिचान र लोप हुन लागेको बाजा तथा संस्कृति बचाउनको लागि यस्तो बाजा प्रतिक्षणको आवश्यकता रहेको प्रशिक्षार्थी  सुनिल महर्जनले बताए ।
     
    यस्तै, मूलः गुरु  राजेन्द्र महर्जनले सुरुमा बाजा सिकाउँदा नारीले पनि सिक्छ र भन्ने प्रश्न आएको भएपनि अन्तत नारीहरुले पनि हिम्मतका साथ बाजा बजाउन सिकेको बताए । उनले नारीहरु पनि शिक्षणमा सहभागी भएर बाजा बजाउन सिकेकाेले आफूलाई धेरै खुसी भएको बताए । परम्परागत बाजालाई नयाँ नयाँ प्रविधिबाट पनि चलाउन पर्ने आवश्यकता रहेको बताए ।
     
     
     
     
    Seen by Sanjaya Shrestha at 8:34 AM

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij