
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठकाडौँ । पछिल्लो २४ घण्टाका नेपालमा थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार ४ हजार १५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ४४ जना निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या सून्य रहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij