Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

निशुल्क सेवा दिन यी अस्पताललाई काठमाडौँ महानगरले दियो १५ ओटा शव वाहन

निशुल्क सेवा दिन यी अस्पताललाई काठमाडौँ महानगरले दियो १५ ओटा शव वाहन

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शव वाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ती शववहानको साँचो हस्तान्तरण गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    साँचो हस्तान्तरणपछि  प्रमुख शाक्यले यस अघि पनि सामूदायिक, सरकारी र नीजि अस्पताललाई सहयोग गर्दै आएको स्मरण गरे । ‘काठमाडौँ महानगरपालिका आफैँले शव वहान सञ्चालन गर्नुपर्छ भन्नेहरु पनि छन् तर काठमाडौँ महानगरलाई नाम भन्दा काम चाहिएको छ,’ प्रमुख शाक्यले भने, ‘हामीले सहकार्यको हात बढाउँदै आज शववहान हस्तान्तरण गर्दै हाम्रो दायित्व पूरा गरेका छौँ। अब तपाईहरुले महानगर र उपत्यकावासीको अपेक्षा गरे अनुसार यी शववहानको प्रयोग गर्नुहोला।’ उनले कोभिडका बेला पनि महानगरपालिकाले विभिन्न अस्पतालहरुसँग सहकार्य गरेर भेण्टिलेटरलगायतका उपकरण सहयोग गरेको बताए ।

    AGNI GROUP

     ‘कोभिड महामारी सबैको साझा समस्याका रुपमा देखा पर्‍र्योे,’ उनले भने, ‘त्यो साझा समस्यासँग लड्न काठमाडौँ महानगरपालिकाले आफ्नो ठाउँबाट सक्दो सहयोग गरेको स्मरण गराउन चाहन्छु । उनले सबैको साझा प्रयास भयो भने जनतामा आउने नैरश्यतालाई सकेसम्म निर्मूल नभए पनि धेरै हदसम्म कम गर्न र उत्साह थप्न सकिने बताए।

    उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । काठमाडौँ महानगरपालिकाले एकै पटक क्षेत्रपार्टी निशुल्क चिकित्सालय, नेपाल एपीएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्य विनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शव वहान हस्तान्तरण गरेको हो । महानगरपालिकाले दिएको जानकारी अनुसार ती प्रत्येक शव वहानको मूल्य करिब १२ लाख ४ हजार परेको छ । सम्झौता अनुसार ती शववहानले  उपत्यका भित्र निशुल्क सेवा प्रवाह गर्नुपर्ने छ।  

    काठमाडौँ महानगरपालिकाले १५ शव वहानमध्ये  नेपाल एपीएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई–दुई ओटा हस्तान्तरण गरेको हो । प्रमुख शाक्यले हस्तान्तरण गरेको शव वहानको साँचो ग्रहण गर्दै एपीएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले महानगरपालिकाले दिएका शव वहानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij