Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

थपिए कोरोनाका नौ लक्षण 

थपिए कोरोनाका नौ लक्षण 

  • काठमाडौँ । विगत तीन वर्षदेखि विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसका नयाँ नौ लक्षण थपिएका छन् । 

    images
    images
    images

    यूकेको हेल्थ सेक्युरेटी एजेन्सीले हालै जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा नौ नयाँ लक्षण थपिएका हुन् । जसमा श्वासप्रश्वासमा असहजता, थकान, जीउ दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, सिँगान बग्ने वा नाक बन्द हुने, भोक नलाग्ने, पखाला र बिरामी महसुस हुने रहेका छन् ।

    यद्यपि न्याश्नल हेल्थ सर्भिसेजले धेरै नयाँ लक्षणहरू रुघाखोकी र फ्लुका लक्षणसँग मिल्दोजुल्दो रहेकोले होसियार रहन भनेको छ । यसअघि विश्व स्वास्थ्य सङ्गठनले तारन्तार खोकी, गन्ध वा स्वाद हराउने यी तीन लक्षण कोरोनाभाइरसका लक्षणलाई महामारीको सुरुवातदेखि लक्षणहरू भनिएको थियो । 

    यस्तै, ज्वरो, खोकी र स्वाद वा गन्ध हराउने लक्षण चाहिँ अधिकांश सङ्क्रमणमा देखिने वा कोरोना भाइरसकै कारणले मात्रै हुने हुँदा तिनलाई प्रमुख लक्षण मानिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij