Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

२० मेडिकल कलेजले २० जिल्लामा शल्यचिकित्सा सेवा दिने (सूचीसहित)

२० मेडिकल कलेजले २० जिल्लामा शल्यचिकित्सा सेवा दिने (सूचीसहित)

  • काठमाडौं । मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जिल्लामा विशेषज्ञ शल्यचिकित्सा सेवा उपलव्ध गराउनु पर्ने भएको छ । मन्त्रालयले तोकेको एक जिल्लामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उक्त सेवा उपलब्ध गराउन निर्देशन दिए अनुसार कुनै एक जिल्लामा गएर शल्यचिकित्सक सेवा दिनुपर्ने भएको हो ।  

    onlinepatrika
    Arghakhachi

    त्यसको लागि स्वास्थ्य मन्त्रालयले कार्यविधि –२०७८ जारी गरेको छ। कार्यविधिमा प्रत्येक मेडिकल कलेज तथा प्रतिष्ठानले मन्त्रालयले तोकेको एक जिल्लामा जिम्मा लिएर शल्यचिकित्सा सेवा सुरु गर्नुपर्ने उल्लेख छ।  

    AGNI GROUP

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै एक जिल्लामा अनिवार्य विशेषज्ञ शल्यचिकित्सा सेवा दिन भनेको छ। मन्त्रालयले यसका लागि केही मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ भने केही प्रक्रियामा छन्।


    कुन मेडिकल कलेज तथा प्रतिष्ठानले कुन जिल्लामा सेवा दिने

    १. त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पस – सिन्धुपाल्चोक अस्पताल

    २. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) – धादिङ अस्पताल

    ३. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – हुम्ला जिल्ला अस्पताल

    ४. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (गोरखा अस्पताल

    ५. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की – दमौली अस्पताल, तनहूँ

    ६. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानऽ धरान – धनकुटा अस्पताल

    ७. धुलिखेल मेडिकल कलेज तथा शिक्षण अस्पताल – सिन्धुली अस्पताल

    ८. चितवन मेडिकल कलेज (लमजुङ अस्पताल 

    ९. कलेज अफ मेडिकल साइन्सेज भरतपुर, – मध्यविन्दु अस्पताल, नवलपुर

    १०. लुम्बिनी मेडिकल कलेज, पाल्पा – गुल्मी अस्पताल

    ११. विराट मेडिकल कलेज शिक्षण अस्पताल – तेह्रथुम अस्पताल

    १२. युनिभर्सल मेडिकल कलेज, भैरहवा – रुकुम अस्पताल, रुकुम पश्चिम

    १३. काठमाडौं मेडिकल कलेज – रामेछाप अस्पताल

    १४. किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल – दोलखा अस्पताल

    १५. नेपाल मेडिकल कलेज जोरपाटी – खोटाङ अस्पताल

    १६. मणिपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, पोखरा – पर्वत अस्पताल

    १७. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल – पाँचथर अस्पताल

    १८. गण्डकी मेडिकल कलेज, पोखरा – स्याङ्जा अस्पताल, स्याङ्जा

    १९. नेसनल मेडिकल कलेज वीरगञ्ज –  गौर अस्पताल

    २०. नेपालगञ्ज मेडिकल कलेज, बाँके – जाजरकोट अस्पताल

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij