Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

थप ४२ जनामा कोरोना संक्रमण, ८६ जना संक्रमणमुक्त 

थप ४२ जनामा कोरोना संक्रमण, ८६ जना संक्रमणमुक्त 


  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३२२ जनाको पीसीआर परीक्षणमा ३०  जना र १ हजार १४९ जनाको एन्टीजेन परीक्षणमा १२ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ८६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् । 

    जसमध्ये १ हजार १४६ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २० जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

     

    यस्तै मंगलबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्य सुन्य रहेको मन्त्रालयले जनाएको छ ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij