Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । चीन सरकारको अनुदानमा नेपालमा पहिलो पटक ४० लाख मात्रा साइनोभ्याक खोप ल्याइएको छ । कोरोना भाइरविरुद्धको यो खोप नेपालमा पहिलो पटक ल्याइएको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा अनुसार शनिबार ३५ लाख र सोमबार ५ लाख डोज खोप नेपाल ल्याइएको हो । विभागका अनुसार यो खोप नेपालमा पहिलो पटक आएको हो। यो खोप १८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने विभागले जनाएको छ ।
यो खोप चीनको यसअघिको खोप भेरोसेल जस्तै २ डोज लगाउनु पर्ने खोप हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनको साइनोभ्याक खोपलाई गत जेठमा नै आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो।
चीनबाट यसअघि भेरोसेल खोप आएको थियो। भेरोसेल खोप चीनबाट अनुदान र नेपाल सरकारले खरिद गरेर ल्याएको थियो। नेपालमा हालसम्म कोभिसिल्ड, एस्ट्राजेनेका, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, भेरोसेल, साइनोभ्याक खोप आएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij