
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडाैँ । सुर्खेतको वीरेन्द्रनगरमा प्रशोधित शुद्ध पिउने पानीको मूल्य बढेको छ । प्रशोधित पिउने पानी उत्पादकहरूको आइतबार बसेको बैठकले यही १५ गतेदेखि लागु हुनेगरी पिउने पानीको मूल्य बढाउने निर्णय गरेको हो ।
कर्णाली प्रदेश वाटर एण्ड वेभरेज प्रालिका सञ्चालक अभिनाश थानीका अनुसार जार पानी फुटकरमा प्रति जार ४५०, होलसेलमा ४००, प्रति डिस्पेन्सर ४०० कायम गरिएको छ ।
यस्तै, जार पानी फुटकर ७५ र होलसेललाई ६० तथा एक लिटर बोतल पानीको प्रतिपेटी १८० रुपैयाँ कायम गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij