
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअपका लागि आज चीन जानुभएको छ। पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान चीन प्रस्थान गर्नुे भएको हो ।
पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । पुन स्वास्थ्य जाँच गरी चारदिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij