Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

स्वास्थ्यमन्त्री खतिवडा : चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा 

स्वास्थ्यमन्त्री खतिवडा : चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा 

  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिन बताएका छन् ।  

    onlinepatrika
    Arghakhachi

    उनले ‘क्षयरोग मुक्त नेपाल’ नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताएका छन् ।

    मन्त्री खतिवडाले भने, “क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई क्रमशः विस्तार गर्दै आगामी चार वर्षभित्र ७५३ वटै स्थानीय तहमा कार्यान्वयनमा ल्याउनेछौँ,उनले विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले त्यस रणनीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै नेपाल सरकारले समेत त्यसमा थप प्रतिबद्धता जनाएको बताए ।

    AGNI GROUP

    त्यसका लागि आवश्यक पर्ने थप नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई आवश्यक निर्देशन तथा सहयोग गर्नेछ ।”क्षयरोग निवारण कार्यक्रमलाई थप प्रभावकारी बनाई रोग निवारण गर्ने उद्देश्यले गुणस्तरीय क्षयरोग सेवामा वृद्धि गर्ने, बिरामी र तिनका परिवार एवं समुदायलाई सशक्तीकरण गर्ने काममा राष्ट्रिय क्षयरोग कार्यक्रमले जोड दिइरहेको उनको भनाइ छ ।

    गरिब, अल्पविकसित र विकासशील राष्ट्रका लागि क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याका रूपमा हालसम्म पनि रहिरहेको भन्दै उनले सरकारले यस रोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाका माध्यमबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij