Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

ह्वात्तै बढ्यो कोरोनाः एकैदिन भन्डै चार लाख सङ्क्रमित

ह्वात्तै बढ्यो कोरोनाः एकैदिन भन्डै चार लाख सङ्क्रमित

  • काठमाडौँ । दक्षिण कोरियामा एकैदिन भन्डै चार लाख कोरोना कोरोनाभाइरसका सङ्क्रमित भेटिएका छन् । बिहीबार प्राप्त समाचारअनुसार त्यहाँ बुधबार मात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

    images
    images
    images

    स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही दिनमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा केही कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन् । बुधबार तीन लाख ९५ हजार ७०० जनाजति सङ्क्रमित पाइएको उनीहरुले बताएका छन् ।

    दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार गएको २४ घण्टा यता त्यो भन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ । अघिल्लो दिनमात्र ४ लाख ९० हजार जनाको हाराहारीमा संक्रमितहरु भेटिएका थिए ।

    सो निकायका अनुसार अहिलेसम्म कोरोना सक्रमित हुनेको संख्या एक करोड नाघेको छ । पछिल्ला केही दिनमा दैनिक कम्तीमा पनि तीन लाखको संख्यामा संक्रमित देखिने गरेका छन् । अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । 

    उनीहरुले नागरिकहरुले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij