
Apr 14 2025 | २०८२, वैशाख १ गते
देउखुरी । सरकारले हात्तीपाइले रोग प्रभावित कार्यक्रमअन्तर्गत दाङमा बुधबार करिब ५० प्रतिशत नागरिकले औषधि खाएका छन् ।हात्तीपाइले रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो एक सरुवा रोगका साथै मानिसलाई शारीरिक समस्या गराउने र अशक्त, अपाङ्गता बनाउने समेत गर्दछ ।
दाङका स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म हात्तीपाइले रोेग बिरामीहरुले तीन लाख ७४ हजार १४४ जनाले औषधि खाएका छन् । यो वर्ष छ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको थियो ।आगामी दुई वर्षमा जिल्लाबाट हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिइएको प्रमुख शाहीको भनाइ छ । आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij