Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पारस र सावित्रा बने ‘दशककै उत्कृष्ट खेलाडी’

पारस र सावित्रा बने ‘दशककै उत्कृष्ट खेलाडी’

  • काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘पल्सर स्पोर्ट्स अवार्ड’मा दशकका पुरुष खेलाडी (प्लेयर अफ द डिकेड मेल) घोषित भएका छन् । खड्का नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलबार सो पुरस्कारबाट सम्मानित भएका हुन् । 

    images
    images
    images

    पारसको एक दशकको कप्तानीमा नेपालले सन् २०१४ मा ऐतिहासिक टी–२० विश्व कप खेलेको थियो । यस्तै सन् २०१८ मा पारसले नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेटको मान्यता दिलाएका थिए ।

    नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्‍याएको योगदानको कदर गर्दै पारसलाई यो पुरस्कार प्रदान गरिएको हो । पारस एकदिवसीय र टी–२० क्रिकेट दुवैमा नेपालका लागि पहिलो शतक बनाउने खेलाडी पनि हुन् ।

    यस्तै, सावित्रा भण्डारी ’पल्सर स्पोर्ट्स अवार्ड’ मा दशकका महिला खेलाडी (प्लेयर अफ द डिकेड फिमेल) घोषित भएकी छिन् । सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्रा भण्डारी नेपालबाट ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान कायम गरेकी छन् ।

    सावित्राले नेपाली महिला टोलीलाई साफमा दुई वटा रजत पदक जिताएकी छिन् । यस्तै उनले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएकी छिन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij