Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

स्पोर्ट्स अवार्ड आज

स्पोर्ट्स अवार्ड आज

  • काठमाडौँ ।  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने नेपालकै प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ मंगलबार हुँदै छ।

    images
    images
    images

    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम दिउँसो २ः४५ मा सुरु हुने छ। यो अवार्ड समारोहमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न विधाका खेलाडीलाई अवार्ड प्रदान गरिने छ। १८ औँ संस्करणको यो अवार्डमा विभिन्न ९ विधामा प्रदान गरिने छ।

    images

    अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयनमा पाँच खेलाडी रहेका छन् । यो पटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बाहाङ्फे, टेबलटेनिसकी एलिना महर्जन,  एथलेटिक्सकी सन्तोषी श्रेष्ठ,  ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन्।

    पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान,  स्पेसल अवार्ड,  लाइफ(टाइम एचिभमेन्ट,  टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबारनै गरिने छ। यो वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरिने छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

    अवार्ड कार्यक्रम नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटीभी प्लस एचडी, एनटीभी न्युज, एक्सन स्पोर्टस एचडी, इमेज च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ। यसका साथै एनएसजेएफको युट्युब च्यानल प्रत्यक्ष प्रशारण गरिने छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij