
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काडमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमित संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा जम्मा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो । थप ३७ जनामा संक्रमण भएसँगै हाल देशभर ३ हजार २ सय ४१ जना संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३८२ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij