Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

कोरोना महामारी अन्त्य हुन अझै समय लाग्ने 

कोरोना महामारी अन्त्य हुन अझै समय लाग्ने 


  • काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अन्त्य हुन अझै धेरै समय लाग्ने जनाएको छ । धेरै देशहरूमा कोरोना सङ्क्रमणको सङ्ख्यामा वृद्धि भएसँगै विश्व स्वास्थ्य संगठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ । 

    images
    images
    images

    संगठनका अनुसार ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलोपटक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

    यस्तै दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको जनाइएको छ । डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिंगापुर र दक्षिण कोरिया लगायतका देशहरुको सङ्क्रमण बढेको बताइएको छ । सिंगापुरमा शनिबार थप १० हजार २४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै हङकङमा एकै दिन १६ हजार ५९७ जना सङ्क्रमित थपिएका छन् । भने बेलायतमा २० जनामा १ जना ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित रहेको बताइएको छ ।

     

    यस्तै । बेलायतले चौथो चरणमा कोरोनाविरुद्धको खोप दिने तयारी गरेको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij