
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । देशभर थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित रहेका मन्त्रालययले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९९३ जनाको पिसिआर र २ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४०९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको मन्त्रालययले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij