
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधाममा रहेको आयुर्वेद औषधालयमा उपचारका लागि आउने बिरामीको संख्या बढ्न थालेको छ ।आयुर्वेदप्रतिको विश्वास र औषधी उत्पादनको गुणस्तरका कारणले सेवा लिन आउने सेवाग्राहीको संख्यामा वृद्धि भएको हो ।
आजभोलि दैनिक २ सयभन्दा बढी हाराहारीमा बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ । औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै छ । विशेष गरेर हड्डी दुखाइका विरामीहरु अत्यधिक आउने गरेका छन् । घरेलु रुपमा आर्युेवेद पद्धतिबाट उपचार गर्नेहरु पनि अचेल औषधालय आउन थालेका छन् । विभिन्न ठाउँमा उपचार गराउँदा पनि समस्यामा सुधार नआएपछि आयुर्वेद औषधालयमा उपचार गराउँदा निको भएका सिकरन दास तत्माले बताउछन् ।
जनशक्तिकाे अभावले सबै क्षेत्रमा सहज रुपमा औषधि वितरण हुन नसकेको औषधालयको गुनासो छ । मधेश प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आर्युेवेद उपचारलाई चुस्तदुरुस्त बनाउन सकिने औषधालयकी प्रमुख डा. सीमा झाले बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij