
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैँ । आजबाट झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । याे अभियान एक सातासम्म चल्ने छ । झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए।
प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताएका छन्।
स्वास्थ्य कार्यालय झापाले औषधि सेवनलाई शतप्रतिशतमा पुर्याउन लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७८-०७९ मा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij