
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । समयमै क्षतिपूर्ति नपाएकाले पीडित बन्न पुगेका किसानहरु माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका छन् ।
बाला नलागेर पीडित किसानहरु शुक्रबार माइतीघर मण्डलामा विरोध सभा गरेका हुन् ।
अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा किसानहरुले सरकारसँग तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित कृषक आशिष अधिकारीले गुनासो गरे
तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी उनीहरुको छ । किसानलाई समयमै मल, बीउ र विषादीको उपलब्धता गराउन पनि उनीहरुले सरकारसँग माग राखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij