
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौँ । विश्व जलबिन्दु सप्ताह (फागुन २२ देखि २८ सम्म) को अवसरमा बिपी नेत्र प्रतिष्ठानले भक्तपुरमा जलबिन्दु सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ । शान्ति निकेतन माध्यमिक विद्यालयको चेयरर्स हेल्थ क्लबको सहकार्यमा प्रतिष्ठानले जलबिन्दु सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
नेपालको सन्दर्भमा अन्धो बनाउने तेस्रो रोगको रुपमा रहेको जलबिन्दुको बारेमा बिपी नेत्र प्रतिष्ठानका जलबिन्दु विशेषज्ञ डा. निरसरा श्रेष्ठले जलबिन्दु, यसको रोकथाम र उपचारका बारेमा अभिमूखीकरण दिएकी हुन् ।
यस्तै उक्त कार्यक्रमको सहजीकरण बिपी नेत्र प्रतिष्ठानका आउटरिच तथा तालिम संयोजक राम केसीले गरेका हुन् । यसै, सन्दर्भमा विद्यालयका प्रधानाध्यापक महेन्द्र गोपाल कर्माचार्यले कार्यक्रम महत्त्वपूर्ण र सान्दर्भिक भएको बताउँदै बिपी नेत्र प्रतिष्ठानसँग निरन्तर सहकार्यको लागि अनुरोधसमेत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij