Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

सुत्केरीको पेटभित्र सुई

सुत्केरीको पेटभित्र सुई

  • काठमाडौं । रौतहटमा डाक्टरहरुको लापरवाहीले सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेकोे छ । १९ वर्षीय अम्बिका महतोको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएको हो । 

    images
    images
    images

    प्रसूति पीडा भएपछि अम्बिकालाइ सरकारी अस्पतालमा भर्ना गरेको थियो । अप्रेशनमा डा. संजितकुमार साह नेतृत्वको टोली खटिए । अप्रेसनको केही घण्टामै सुत्केरी महिलाको पेटमा असह्य भए पछि डाक्टरहरुकै आग्रहमा चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा लिएर लगिएको जितेन्द्रको परिवारले बताए । अप्रेशनपछि डाक्टरले टाँका लगाउने स्टिच निडिल सुई पेटमै  छोडिएको बताइएको छ ।1_NiAifoON6I.jpeg

    चन्द्रपुर अस्पतालका प्रमुख डा.सुभाष चौधरीका अनुसार सोमबार बिहान महिलाको पेटको पुनः अपरेसन गरेर पेटभित्र छुटेका २ थान स्टिच निडिल सुई निकालिएको छ । अहिले महिला र बच्चा दुबैको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पतालले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij