
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडाै । आयतको ग्राफ उच्च हुँदै जाँदा विदेशी मुद्रको सञ्चिति घट्दै गएको तथ्यांक बाहिरआएको छ । यस्तोमा स्वदेशमा पनि उत्पादन हुने वस्तुको आयात कसरी कम गर्ने भन्दै अर्थ मन्त्रालय र राष्ट्र बैकका अधिकारीहरु दिनशहुँजसो समिक्षा गरिरहेका छन् ।
मुलुकमा आयात हुने वस्तुका तुलनामा निर्यात नबढेको चिन्ता गर्नेहरुका लागि खुसीको खबर छ । नेपालबाट प्रशोधित पानी निर्यात बढेका छ । मुलुकको व्यापार घाटा कम गराउन परिमाण उल्लेख्य होइन तैपनि आयतका तुलनामा प्रशोधित पानीको निर्यात उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्षको ३ महिनामा मात्र २४ करोड ३५ लाख ४५ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ । मंसिर, पुस माघमा पानी ४४ लाख ४७ हजार ५ सय ३३ लिटर पानी निर्यात भएको तथ्यांक छ । नेपाल उद्योगले प्रशोधन गरेको पानी अष्ट्रेलिया ,यूएई, भारत , पोल्यान्ड ,जापान ,बेलायतमा निर्यात भइरहेको हो । पानी र आइस पनि आयातनिर्यात हुने गरेको विभागले जनाएको छ । गत वर्ष ६ करोड ३ लाख ८१ हजार रुपैयाँको १० लाख ९१ हजार ४ सय २८ लिटर पानी चीन , कतार र भारतमा निर्यात भएको थियो । चालु आर्थिक वर्षमा अन्य देशको तुलनामा सबैभन्दा बढी पानी बोटलर्स नेपालले भारतमा निर्यात गरेको भन्सार विभाग प्रवक्ता पुण्यविक्रम खड्काले बताए । पानीको निर्यात बढेको हो ,तथ्यांकमा कुनै गडबडी छैन’,उनले भने । प्रशोधत पानीको निर्यात क्रमिक बढ्दा आयत घट्न थालेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij