
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं/ नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपाली डाक्टरहरुले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण सफल रुपमा गरेका हुन् । शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले केन्द्रले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरेको जानकारी गराए ।
डा. अधिकारीका अनुसार उक्त प्रत्यारोपण ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधिको प्रयोग गरेर गरीएको हो । ८० वर्षीया महिलाको १६ फागुनमा सफलतापूर्वक भल्ब फेरिएको र उनको शुक्रबार नै डिस्चार्ज गरेको डा अधिकारीले जानकारी गराए ।
‘हामीले नेपालमै पहिलो पटक यो विधिबाट मुटुको सफलतापूर्वक भल्ब प्रत्यारोपण गरेका छौं,’ डा। अधिकारीले भने, ‘उहाँ (बिरामी) निको भएर आज मात्रै डिस्चार्ज हुनु भएको छ ।’ डा अधिकारीका अनुसार उनी एओर्टिक भल्व साँधुरिएर अस्पतालमा पुगेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij