Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

हरेक वर्ष थपिन्छन् ३ हजार मृगौलाका बिरामी

हरेक वर्ष थपिन्छन् ३ हजार मृगौलाका बिरामी

  • काठमाण्डौँ / नेपालमा हरेक वर्ष ३ हजार मृगौलाका बिरामी थपिने गरेको तथ्याँङ्क सार्वजनिक भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रकी डा. कल्पना श्रेष्ठले भनिन्, ‘नेपालमा मृगौला सम्बन्धी रोगका बिरामीको संख्या वृद्धि हुँदै गएको छ ।’ 

    images
    images
    images

    केही वर्ष अगाडिसम्म १ हजार २ सयको हाराहारीमा रहेका मृगौला रोगीहरुको संख्यामा वृद्धि भएर अहिले ५ हजार ५ सयको हाराहारीमा रहेको डा. श्रेष्ठको भनाई छ । उच्च रक्तचाप र मधुमेहका रोगीको संख्यामा वृद्धि भएसँगै मृगौलाका रोगीको पनि वृद्धि भएको उनले बताइन् । सरकारले राजधानीमा २७ र देशभर ७३ स्थानमा निःशुल्क डायलासिस गर्ने व्यवस्था गरेपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा सोचेजस्तो सेवा प्रवाह हुन सकिरहेको छैन । 

    डायलासिस गर्ने एउटा मेसिनको आयु न्यूनतम ८ हजार घण्टा भए पनि नेपालमा १२ हजार घण्टासम्म चल्ने गरेका छन् । केन्द्रमा हाल ३५ वटा यस्ता मेशिन चालू रहेका छन् । ‘प्राविधिक समस्या आएन भने हामी ४० वटासम्म मेशिन दैनिक २४ घण्टा चलाउन सक्छौं,’ डा।कल्पनाले भनिन् । 

    ‘एकजना बिरामीको हप्ता कम्तीमा दुईपटक डायलासिस गर्नुपर्ने हुन्छ । त्यसका लागि ४ घण्टा समय लाग्दछ । हामीकहाँ अहिले ३ सय ३१ जना पालो कुरेर बस्नुभएको छ,’ डा। कल्पनाले भनिन् । मधुमेह र उच्च रक्तचापको नियमित औषधी सेवन गरिरहेकाहरु वर्षको एक एकपटक भएपनि आफ्नो मृगौला जाँच गर्नु पर्न केन्द्रका डा. सुमित आचार्यले बताएका छन् ।

    खानपानमा ध्यान दिएर दैनिक शारीरिक व्यायाम गर्ने हो भने यस रोगबाट बच्न सकिन्छ,’ डा. आचार्यले भने । नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्नु सबैभन्दा हितकारी हुने उनको भनाइ रहेको छ ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल दैनिक १ सय २० जनाको डायलासिस गर्दै आइरहेका केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । ‘केन्द्र स्थापना भएको १० वर्षमा ८ सय २२ जनाको मृगौला प्रत्यारोपण गरिएको छ,’डा. पुकारले भने । ६ जनाको कलेजो समेत केन्द्रमा प्रत्यारोपण गरिएको छ । पारिवारिक साटासाट अन्र्तगत ३७ जोडीको मृगौला प्रत्यारोपण गरिएको केन्द्रले जानकारी दिएको छ ।

    केन्द्रमा सबैलाई डायलासिस गर्न समस्या भएकाले अन्यत्र १०० सय बेडको डायलासिस केन्द्र सञ्चालन गर्न लागिएको समेत सो अवसरमा जानकारी दिएको छ । गणेशमान वाटिकाको जग्गा भाडामा लिएर ३ महिनाभित्र उक्त केन्द्र सञ्चालन गर्छौ डा. श्रेष्ठले भने । 

    यो वर्षको विश्व मृगौला दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाउने तयारी भइरहेको केन्द्रका निर्देशक डा. श्रेष्ठले जानकारी दिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij