
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । भारतमा कोरोना भाइरसबाट थप छ हजार सङ्क्रमित भएका छन् । पछिल्लो केही समयदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या निरन्तर ओरालो लागिरहेकाले शुक्रबारको विवरण पनि अघिल्लो दिनको तुलनामा कम देखिएको छ ।
सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ३९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोही अवधिमा १३ हजार ४५० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ६९ हजार ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।
पछिल्लो एक दिनमा कोरोनाका कारण २०१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १४ हजार ५८९ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij