
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार पाँच सय चार नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । त्यसमध्ये चार हजार चार सय ५८ जनामा पिसिआर गर्दा ९२ जना र दुई हजार ४६ जनामा एन्टिजेन परीक्षण गर्दा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सो अवधिमा तीन सय ५४ संक्रमित निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ । यस्तै, हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात हजार नौ सय ७१ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij