Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

 होटलमा महिलाको शव फेला 

 होटलमा महिलाको शव फेला 

  • सुनसरी — सुनसरीको धरान–१८ बुद्धचोकस्थित एक होटलको कोठामा महिलाको शव फेला परेको छ । मंगलबार (आज) बिहान न्यू कान्तिपूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीहरूले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    images
    images
    images

    होटल सञ्चालक अनुसार दुई दिनदेखि ती महिला एक पुरुषसँग होटमा रहेको बताए । बेलुकासँगै बसेका पुरुष बिहान भने थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन । धरानस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार मृतकको सम्बन्ध खुल्न नसक्दा महिलाको सनाखत हुन सकेको छैन । 

    महिलाको अनुहारमा चोटसमेत देखिएकाले हत्या हुन सक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले फरार पुरुषको खोजी र अनुसन्धान गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij