Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नेलाई उच्च जोखिम

हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नेलाई उच्च जोखिम

  • काठमाडौं/ हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नेलाई उच्च जोखिम हुने एक अध्ययनले देखाएको छ । एक अध्ययनले लामो समय काम गर्ने सयौँ हजार मानिसको प्रतिवर्ष मृत्यु भइरहेको देखाएको छ । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार सन् २०१६ मा सात लाख ४५ हजार यस्ता मानिसको मृत्यु भएको हो ।

    images
    images
    images

    लामो समय काम गर्दा स्ट्रोक र मुटुरोगका कारण मानिसहरुको मृत्यु हुने गरेको दाबी गरिएको छ । एक हप्तामा ५५ घण्टा वा त्योभन्दा धेरै काम गर्नेहरुमा स्ट्रोक हुने उच्च जोखिम ३५ प्रतिशत रहने र मुटुरोगको उच्च जोखिम १७ प्रतिशत हुने अनुसन्धानले देखाएको हो । तर ३५ देखि ४० घण्टा काम गर्नेमा यस्तो कमै पाइएको बताइएको छ ।

    यो अध्ययन अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग मिलेर गरिएको अध्ययनले लामो समय काम गर्ने क्रममा मृत्यु भएकामध्ये तीन भागजतिको उमेर मध्यमदेखि वृद्ध अवस्थाको रहेको देखाएको छ । प्रायः मृत्यु भने जीवनको उत्तरार्धतिर अर्थात् लामो समय काम गरेको दशकौँ पछि भएको पाइएको छ । रिपोर्टअनुसार दक्षिण पूर्वी एसिया र पश्चिम प्रशान्त क्षेत्रका मानिसहरुमा बढी यस्तो समस्या देखिएको छ । कोरोना महामारीले अवस्था झन् भयावह हुने देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij