Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं/ राष्ट्रिय ट्रमा सेन्टरमा गत वर्ष ७५५ जना विपन्न नागरिकले निशुल्क सेवा लिएका छन् उनीहरुले गत वर्ष दुई करोड ९० लाख बराबरको स्वास्थ्य सेवा लिएको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ। सेन्टरको सातौँ वार्षिकोत्सवमा निर्देशक डा. प्रमोद जोशीले स्पाइनल इन्जुरी, हेड इन्जुरी र बोन क्यान्सर भएका बिरामीले उक्त सेवा लिएको बताए ।
जोशीले चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म एक करोड २० लाख सोधभर्ना भुक्तानी प्राप्त भएको बताए । ट्रमा सेन्टरमा हालसम्म जनआन्दोलन र मधेश आन्दोलनमा घाइते तथा अपाङ्गता भएका ३५० जनाले आठ लाख बराबरको उपचार सेवा लिएको उनको भनाइ छ । उनले जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गका लागि पुनः स्थापना एवं हेरचाह निर्देशिका २०६८’ मा भएको व्यवस्थाअनुसार अस्पतालले सेवा दिँदै आएको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij