Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

ब्याजदरले सहकारी क्षेत्रमा महाभारत  

ब्याजदरले सहकारी क्षेत्रमा महाभारत  

  • ललितपुर । लामो समयदेखि सहकारीको सन्दर्भ ब्याजदरको विषयमा सुनवाई नभएको भन्दै सहकारीकर्मीहरु आन्दोलनरत छन् । सहकारीकर्मीहरुले बजारमा तरलताको विषम अवस्थाको बारेमा औल्याउँदै सन्दर्भ ब्याजदर पुनरावलोकनको लागि पटकपटक जानकारी गराइरहेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    यसरी जानकारी गराउँदा पनि सम्बन्धित निकायबाट उक्त विषयमा सुनुवाई नभएको भन्दै राष्ट्रिय सहकारी महासंघको अगुवाईमा आज सहकारी विभागको कार्यालय नयाँ बानेश्वरमा विरोध कार्यक्रम आयोजना गरिएको जिल्ला बचत संघ ललितपुरका अध्यक्ष रामहरि बजगाईँले जानकारी दिएका छन् ।

    AGNI GROUP

    बजगाईँका अनुसार बैंकहरुले बचतमा ब्याजदर बढाएर १३ प्रतिशत बनाई तरलतामा आएको समस्या न्यूनिकरण गरे जसरी सहकारीमा पनि व्याजदर वृद्धि गरी तरलताको समस्या समाधान गर्ने उनीहरुको माग रहेको छ । 

    उनले भने, ‘बैंकहरुले बचतमा १७ प्रतिशत पुर्‍याएको भएपनि सहकारीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशत मात्र हुनेगरि जुन क्याप (रोक) लगाइएको छ । यो क्याप हटेर सहकारीहरु पनि चल्नसक्ने खालको आधार तयार हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ ।’

    सन्दर्भ ब्याजदर १७ प्रतिशत बनाउनुपर्छः रामहरि बजगाईँ

    यसै सन्दर्भमा नेपाल केन्द्रीय वहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले असोजदेखि नै ब्याजदरको समस्या आएको कारणले तरलतामा समस्या आएको बताएका छन् । अनलाइन पत्रिकाको लागि अस्मिता केसीसँग कुरा गर्दै अध्यक्ष भण्डारीले भने, ‘यसबारे छिट्टै कदम नचाले ठूलो आर्थिक समस्या आउनसक्छ ।’

    लकरको पैसा बाहिर ल्याउनुपर्छः अध्यक्ष भण्डारी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij