
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका १७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५ जना कोरोना संक्रमित थपिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij