Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

चाँगुनारायणलाई कोरोनाविरुद्धको खोपयुक्त बनाउने अभियान

चाँगुनारायणलाई कोरोनाविरुद्धको खोपयुक्त बनाउने अभियान

  • काठमाडौं । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ। यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

    images
    images
    images

    नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने उद्देश्यले नगरपालिकाले घरधुरी सर्वेक्षणसमेत सुरु गरेको छ । “चाँगुनारायण नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ सबै वडामा खोप अभियान चलाएको छ, अहिलेसम्मको तथ्याङ्कानुसार यस पालिकामा १०४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको पूर्ण खोप पाइसकेका छन्”, नगरप्रमुख मिश्रले भन्नुभयो । नगरपालिकाले खोप लगाउन छुटेका अपाङ्ग, असाहय, ज्येष्ठ नागरिक, स्वास्थ्य केन्द्रसम्म जान नसक्नेलाई घरघरमै स्वास्थ्यकर्मी पठाएर खोप लगाउने र स्वास्थ्य संस्थासम्म आउन सक्नेलाई त्यहीँ ल्याएर खोप लगाउने व्यवस्था गरेको उहाँले बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij