Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

एकैदिन ८ लाखले लगाए कोरोना विरुद्धको खोप

एकैदिन ८ लाखले लगाए कोरोना विरुद्धको खोप

  • काठमाडौँ । नेपालमा एकै दिन आठ लाख ७३ हजार ४३८ जनाले खोप लगाएका छन्  । स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका ८१ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका  छन्  भने पहिलो मात्रा लगाउने ९० दशमलव ८ प्रतिशत पुगेको छ ।

    images
    images
    images

    हालसम्म १८ वर्षमाथिका एक करोड ८० लाख ८५ हजार ५३९ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, १८ वर्षमाथि पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड ६१ लाख ३७ हजार ९३० पुगेको छ ।

    मन्त्रालयका  अनुसार  १८ वर्षमुनिका बालबालिकामा ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । पहिलो मात्रा लगाउनेको सङ्ख्या ८८ प्रतिशत पुगेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij