
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij