Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई अनिवार्य पीसीआर परीक्षणको व्यवस्था हटाउन वायुसेवा सञ्चालकहरुले पत्र लेखेका छन् ।
स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले आगामी दिनमा कोरोनाको प्रभाव कम हुने बताएको भन्दै व्यवसायीले अब प्रतिबन्धहरु खुकुलो बनाउन माग गरेका छन्।
नेपालमा कुल जनसंख्याको ८६ प्रतिशतले दुवै डोज लगाइसकेको भन्दै बुस्टर डोज समेत दिन थालिएकोले अब कोरोनाको संक्रमण फैलिने सम्भावना कम रहेको वायुसेवा सञ्चालकले उल्लेख गरेका छन् । यसबीचमा नेपालमा रहँदा पर्यटकले स्वास्थ्य सम्बन्धी प्रोटोकल पालनामा भने सघंको प्रतिवद्धता छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij