
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । आज (शुक्रबार) देखि वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज अस्पतालको स्वास्थ्य संस्थाजन्य फोहर छुट्टै संकलन गर्न थालेको छ ।
अस्पतालजन्य फोहोर छुट्टै संकलन र व्यवस्थापन गर्न समय लागेको महानगरपालिकाले जनाएको छ । ६ करोड २२ लाखमा बनेको केन्द्रको नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका थिए ।
उनले भने “सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उनीहरुलाई प्रशिक्षण गराउने लगायतको काम भइरहेको र छिट्टै केन्द्र सञ्चालनमा आउने ” जानकारी दिए । उनका अनुसार ‘ केहिदिनमा सञ्चालनमा आउँछ, त्यसपछि निरन्तर चल्छ । अब आवश्यक व्यवस्थापन गरिसकेको छु । ’
वीरगञ्जमा रहेका अस्पताल, क्लिनिक, पोलिक्लिनकहरुले फोहोरलाई नि–संक्रमण नगरी घरबाट निस्कने फोहोर सरह महानगरपालिकाको गाडीमा हालिदिने, जलाएर नष्ट गर्ने र जथाभावी फाल्ने गर्दै आएका छन् । अस्पतालको फोहोर व्यवस्थापनका लागि महानगरले स्थापना गरेको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र निकै लाभदायक हुने तराई हस्पीटल तथा रिसर्च सेन्टरका डाक्टर रोशन कुर्मी बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij