
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । बाँकेमा छ महिनामा कुष्ठरोगी ४४ जना फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताए ।
उनका अनुसार नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच-पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् ।
गत वर्ष बाँकेमा १२८ कुष्ठरोगी फेला परेका थिए । सरकारले १२ वर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि बाँके भने अहिले पनि कुष्ठरोगको उच्च जोखिममा देखिएको नेपालीले बताए ।
उनले कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क हुने भएकाले उपचारको पहुँचमा आउन सबैलाई आग्रह गरे।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij