
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै ८ जना उच्च अधिकारीको जिम्मेवारी दिइएको सचिव डा. रोशन पोखरेलले जानकारी दिए । कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. युवानिधी बसौलालाई दिइएको छ । बरिष्ठ बालरोग विशेषज्ञ बसौला यसअघि भरतपुर अस्पतालमा थिए ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा डा.यदुचन्द्र घिमिरेलाई ल्याइएको छ । त्यसैगरी, डा. सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रमै फिर्ता गरिएको छ । केन्द्रीय कारागार अस्पतालमा डा. प्रकाशप्रसाद साहलाई जिम्मेवारी दिइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारी गण्डकीको स्वास्थ्य मन्त्रालयको सचिव भएर गएपछि रिक्त रहेको स्थानमा डा। सञ्जय ठाकुरलाई पठाइएको छ ।
यसअघि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख रहेका डा. कृष्ण पौडेललाई मन्त्रालयको नीति योजना महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । ईडीसीडीमा कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याइएको छ । कोशीमा डा. यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको डा. पोखरेलले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij