Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

महिलाहरुकालागि थानकोटमा अस्पताल बन्ने 

महिलाहरुकालागि थानकोटमा अस्पताल बन्ने 

  • काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य रोग विशेषज्ञ सेवाको लागि अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक (केएफडब्लु)  ले एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।

    images
    images
    images

    हयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ ।  

    नगरप्रमुख गिरीले भने, ‘डीपीआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।’ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ । 

    नगरप्रमुख गिरीले भने, ‘कोरोनाविरुद्धको खोप सबै नगरवासीका पाखुरासम्म पुर्‍याउन मैले उच्च प्राथमिकतामा राखेको छु । सबै वडाका स्वास्थ्यचौकी, विद्यालय तथा अस्पतालमा खोप सेवा जारी छ । म हरेक दिन खोप केन्द्रको निरीक्षण गर्छु । खोपको अभाव हुन दिएको छैन ।’ उनी स्वयं पनि कोरोनाबाट सङ्क्रमित भएका थिए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij