
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । काठमाडौँमा मानिसमा पनि संक्रमण हुनसक्ने लक्षणसहितको बर्डफ्लु भेटिएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा बर्डफ्लु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कृषि फार्ममा पालिएका कुखुराको नमूना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा (एच.पी.ए.आई. सब टाइफ एच.फाइभ.एन वान एभिएन इन्फ्लुन्जा) बर्डफ्लु पुष्टि भएको हाे ।
स्वास्थ्य मन्त्रालयकाअनुसार एभिएन इन्फ्लुन्जा भाइरसको संक्रमण खास गरी पंक्षीहरुमा हुने हुन्छ । तर, हाल पुष्टि भएको एच फाइभ एन वानले मानिसहरुलाई पनि संक्रमण गराउन सक्ने र यसको लक्षण श्वास प्रश्वासमा समस्या हुन्छ ।
मानिसहरुमा बर्डफ्लू भए नभएको प्रयोगशालामा गएर मात्र पुष्टि गर्न सकिन्छ स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij