Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

कोरोना धपाउन सरकारको २३ अर्बभन्दा बढी खर्च 

कोरोना धपाउन सरकारको २३ अर्बभन्दा बढी खर्च 

  • काठमाडौं । सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो । 

    images
    images
    images

    चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ । २०७८ साउन देखि पुस मसान्तसम्म उक्त खर्च भएको अर्थ मन्त्रालयएको जनाएको हो । चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा संघले ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ, प्रदेशले १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ र स्थानीय तहले ६ करोड ६६ लाख रुपैयाँ खर्च गरेका छन् । 

    अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा कूल १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थको तथ्याङ्कले देखाउँछ। अघिल्लो वर्ष संघ मार्फत १० अर्ब ७३ करोड १८ लाख रुपैयाँ, प्रदेश मार्फत २ अर्ब २८ करोड ४७ लाख रुपैयाँ र स्थानीय तह मार्फत २९ करोड ७८ लाख रुपैयाँ खर्च भएको थियो । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij