Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

विश्वविद्यालय विचारविहीन भएकाे डा.केसीको आरोप

विश्वविद्यालय विचारविहीन भएकाे डा.केसीको आरोप

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई अपराधीहरुको अखडा नबनाउन डा. गोविन्द केसीले आग्रह गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गर्दै आएका उनले आज एक विज्ञप्ति जारी गर्दै अपराधीहरुको मुद्दा फिर्ता नलिन पनि आग्रह गरेका हुन् । 

    AGNI GROUP

    ‘नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडलाई हामी दुई कुरा स्मरण गराउन चाहन्छौं । एक, विश्वविद्यालयहरुले पढाउने काम गर्नुपर्छ, अपराधीहरुको उत्पादन र संरक्षण हैन । दुई, देशको गृह मन्त्रालय भनेको सबै नागरिकको सुरक्षाको जिम्मा लिने निकाय हो,’ डा. केसीले भनेका छन्, ‘दलीय आस्थाका आधारमा अपराधीहरुलाई संरक्षण गर्ने, पीडितलाई झनै पीडा दिने तथा त्यसका लागि न्याय प्रणालीलाई दुरुपयोग गर्ने निकाय हैन ।’

    विश्वविद्यालय मुख्यतः बेरोजगार ग्राजुयटहरु, उल्लेख्य संख्यामा दलका विचारविहीन कार्यकर्ताहरु र अपराधीहरु जन्माउने थलो बनेको आरोप उनले लगाएका छन् । कुनै पनि हालतमा अपराधीहरुविरुद्धको मुद्दा फिर्ता नलिन तथा विश्वविद्यालयमा कुनै पनि किसिमको आपराधिक गतिविधिलाई संरक्षण नगर्न हामी सरकारको ध्यानाकर्षण गराउँछौं,’ डा. केसीले भने । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij