Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

विश्वभर २२ लाख संक्रमित थपिए, १० हजारको मृत्यु

विश्वभर २२ लाख संक्रमित थपिए, १० हजारको मृत्यु

  • काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा २२ लाख ७३ हजार जना कोरोना संक्रमित थपिएका छन् । सँगै कूल संक्रमितको संख्या ४० करोड ८६ लाख पुगेको छ ।

    images
    images
    images

    कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको हो । 

    थपिनेमा जर्मनीमा २ लाख २९ हजार, रुसमा २ लाख ३ हजार, ब्राजिलमा एक लाख ६६ हजार, फ्रान्समा एक लाख ३१ हजार, अमेरिकामा एक लाख १० हजार, टर्कीमा ९५ हजार र बेलायतमा ५८ हजार थपिएका छन् ।

    पछिल्लो एक दिनमा २३ लाख ६८ हजार जना संक्रमणमुक्त भएका छन् भने १० हजार ३७० जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा अमेरिकामा एक हजार ३७७, ब्राजिलमा एक हजार १२१, रुसमा ७२२, फ्रान्समा ३२९, टर्कीमा २५३, जर्मनीमा २१५ र बेलायतमा १९३ जना छन् ।

    निको हुनेमा सबैभन्दा धेरै फ्रान्समा ३ लाख ८९ हजार, बेलायतमा एक लाख ६१ हजार, ब्राजिलमा एक लाख २१ हजार, रुसमा एक लाख १२ हजार, जर्मनीमा एक लाख १० हजार र टर्कीमा ८५ हजार छन् ।

    यस्तै, भारतमा पछिल्लो २४ घण्टामा मात्रै एक लाख २६ हजार संक्रमितले कोरोना जितेका छन् । अघिल्लो साता उच्च बिन्दूमा पुरेर ओरालो लागेको कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण दर अहिले घटेको छ ।

    पछिल्लो एक दिनमा मात्रै ४८ हजार ४८१ जना संक्रमित थपिएका छन् भने ८०४ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण दर घटे पनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।

    भारतमा हाल सकृय संक्रमितको संख्या ६ लाख १९ हजार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij