Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

सम्पन्न नहुँदै ढल्यो अस्पतालको पर्खाल

सम्पन्न नहुँदै ढल्यो अस्पतालको पर्खाल

  • खोटाङ । जिल्ला अस्पताल खोटाङको स्तरोन्नतिका क्रममा निर्माण सुरु गरिएको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको छ ।

    images
    images
    images

    १५ शैयाको जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैयाको भवन निर्माणका क्रममा निर्माण सुरु गरिएको टेवा पर्खाल बनिनसक्दै भत्किएको हो ।  कुल लम्बाइ २७ मिटर र उचाइ ७ मिटर हुने पर्खालको जगभन्दा माथिबाट करिब ६र७ मिटर खण्ड भत्किएको छ । मसला कम हालेका कारण नयाँ पर्खालको बीचभागमै भत्किएको स्थानीयले बताएका छन् । 

    images

     बिरामी वार्ड राखिएको डिक्यान्टिङको प्यासेज (पेटी) र रेलिङ पर्खालसँगै ढलेको छ । निर्माण व्यवसायीले भत्किएको पर्खाललाई त्रिपालले ढाकेर पुनस्निर्माण सुरु गरेको जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij