Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

सम्पन्न नहुँदै ढल्यो अस्पतालको पर्खाल

सम्पन्न नहुँदै ढल्यो अस्पतालको पर्खाल

  • खोटाङ । जिल्ला अस्पताल खोटाङको स्तरोन्नतिका क्रममा निर्माण सुरु गरिएको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको छ ।

    onlinepatrika
    Arghakhachi

    १५ शैयाको जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैयाको भवन निर्माणका क्रममा निर्माण सुरु गरिएको टेवा पर्खाल बनिनसक्दै भत्किएको हो ।  कुल लम्बाइ २७ मिटर र उचाइ ७ मिटर हुने पर्खालको जगभन्दा माथिबाट करिब ६र७ मिटर खण्ड भत्किएको छ । मसला कम हालेका कारण नयाँ पर्खालको बीचभागमै भत्किएको स्थानीयले बताएका छन् । 

    AGNI GROUP

     बिरामी वार्ड राखिएको डिक्यान्टिङको प्यासेज (पेटी) र रेलिङ पर्खालसँगै ढलेको छ । निर्माण व्यवसायीले भत्किएको पर्खाललाई त्रिपालले ढाकेर पुनस्निर्माण सुरु गरेको जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij