
Apr 15 2025 | २०८२, वैशाख २ गते
चितवनमा कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने दुई पक्राउ परेका छन् । चितवन प्रहरीले नक्कली पीसीआर बनाउने दुईजनालाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट थप अनुसन्धान गरिरहेको छ ।
नक्कली पीसीआर रिपोर्ट तयार गर्ने चौबीसकोठीस्थित देव हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट सन्दीप सापकोटा र रत्ननगर नगरपालिका-६ बस्ने प्रकाश न्यौपानेलाई २५ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले बताइन् ।
‘देव हस्पिटलमै काम गर्नेले विरामीको स्वाब तानेर न्यौपाने भन्नेलाई दियो । उसले चाहिँ नक्कली पीसीआर बनाएर दिएको देखिएको छ । त्यही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो’, उनले भनिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij