Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

घरघरमा स्वास्थ्य परीक्षण

घरघरमा स्वास्थ्य परीक्षण

  • काठमाडाैँ । पाल्पाको पूर्वखोला गाउँपालिकाले घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। 

    images
    images
    images

    प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। गाउँपालिकामा बसोबास गर्ने ७० वर्ष उमेर पुगेका एक हजार तीन जना ज्येष्ठ नागरिक र ४९ जना फरक क्षमता ९अपाङ्गता० भएकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ । यो अभियान फागुन ८ सम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए।   

    परीक्षणका क्रममा उनीहरुको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएर आवश्यक परामर्श, खानपान र स्याहारका सम्बन्धमा जानकारी दिने, सामान्य उपचार, आँखा र कानको परीक्षणसहित नौ क्षेत्रमा रहेर स्वास्थ्य परीक्षण गरिनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij