
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन: बुधबार बस्ने भएको छ ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएका थिए ।
आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउँदले आफ्नो धारणा राखेका थिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij