Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माघ २४ देखिदेखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
महानगरको स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।
खोप लगाउनका लागि का.म.पा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ।
सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ।
खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij