
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । सक्रिय राजनीतिमा होमिएका रामकृष्ण हुमागाईं अन्ततः एमालेमा फर्किएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि हुमागाईँ एमालेमै फर्किएका हुन् । एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए । तत्कालीन समयमा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
बालकोटमा राति अबेरसम्म भएको छलफलमा संघीय सांसद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij